फेरि आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजो तोलामा ९१ हजार ७ रुपैयाँ पुगेर सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । आज फेरि घटेर ९१ हजार रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
गएको आइतबार र सोमबार पनि सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ नै तोकिएको थियो । त्यसपछि मङ्गलबार २ सय रुपैयाँ बढेर तोलाको ९१ हजार २ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी हिजो तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।