स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री ओली निवास फर्किए

File Photo

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य परीक्षण गराएका छन् ।

उनी स्वास्थ्य परीक्षण पूरा गरी आजै निवास फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित चेकजाँचका लागि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्र पुगेका हुन् । उनी नियमित चेकजाँचका लागि उहाँ अस्पताल गएको बताइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्थायी कमिटीको नियमित बैठक र सरकारको कामकाजले केही दिनयता प्रधानमन्त्री धेरै व्यस्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्