इरानको एक क्लिनिकमा ग्यास लिक भएर विष्फोट हुँदा १३ जनाको मृत्यु

काठमाडौं – इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दिएको समाचार अनुसार सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भएको हो । ती अधिकारीका अनुसार विष्फोटमा मृत्यु हुनेहरु धेरैजसो महिला छन् ।

विष्फोटपछि क्लिनिकमा आगो लागेको थियो । टेलिभिजन च्यानलहरुले विष्फोटपछि आकाशमा धुवाँको मुस्लो उडेको र दमकलहरुले आगो नियन्त्रणको प्रयास गरिरहेको दृष्य प्रसारण गरेका छन् । यसको केही दिन अगाडि पनि इरानको एक सैनिक इलाकामा पनि विष्फोट भएको थियो । त्यसको कारण पनि ग्यास लिक भनिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्