प्रधानमन्त्री ओलीले छलफलका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाए

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्री र आफु निकट स्थायी समिति सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।

पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरु सहित स्थायी समिति सदस्यहरुसँग परामर्श गर्न लागेका हुन् । परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् ।

स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् । उनले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्शसमेत गरेका थिए । आज ११ बजे स्थायी समितिको वैठक बस्दै छ । ओलीले वैठकमा आफ्नो रणनीति र कसरी प्रस्तुत हुने भन्ने विषयमा सल्लाह गर्न लागेको श्रोतको दाबी छ । मन्त्री तथा स्थायी समिति सदस्यसँगै ओली निकट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई पनि छलफलका लागि बोलाइएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्