सलह किरामा आँधिखोला गाउँपालिकाको नयाँ ‘स्किम’ प्रतिकिलो ३ सय रुपैयाँ दिने घोषणा

काठमाडौं – स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याउनेलाई प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ । भारतबाट नेपालका विभिन्न भू–भाग हुँदै पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको जनाउँदै गाउँपालिकाले सलह ल्याउनेलाई तीनसय रुपैयाँ दिने घोषणा गरेको हो ।

गाउँपलिकाले एक सूचना जारी गर्दै प्रति किलोका हिसाबमा रकम दिने निर्णय भएको उल्लेख गर्नुभएको छ ।

आँधिखोला गाउँपालिका–१ पञ्चमुलमा समेत सलहको झुण्ड देखिएको उल्लेख गर्दै सबैलाई सजग रहन आग्रह गरिएको छ । सलह किरा नेपालमा प्रवेश गरेको शनिबार पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्