बाजुरामा ९८ र डोटीमा ६९ जना कोरोना संंक्रमित थपिए

काठमाडौं – सोमबार बाजुराका थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा २० महिला र ४६ पुरुष गरी ६६ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा गरिएको परीक्षणमा ८ महिला २४ पुरुष गरी ३२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यसैगरी डोटीका ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १७ महिला र ५२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्