ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा जनप्रदर्शन

काठमाडौं – ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा जनप्रदर्शन भएको छ । साओ पाउलो सहित देशका केही शहरहरुमा भएको विरोध प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरुले राष्ट्रपतिलाई पदबाट हटाउन माग गर्दै नाराबाजी गरेका छन् ।

सामान्य मानिसहरु सहित अल्पसंख्यक र पछाडी परेका समूहका नागरिकहरुलाई राष्ट्रपति बोल्सोनारोले न्याय गर्न नसकेको भन्दै प्रदर्शनकारीहरुले तिब्र विरोध गरेका छन् ।

विपक्षी दलहरुको समेत समर्थनमा विगत केहि साता अघिबाट ब्राजिलमा राष्ट्रपति विरुद्ध प्रदर्शन भइरहेको छ । राष्ट्रपति अधिनायकवादी हुदै गएको र कोरोनाभाइरसले निम्त्याएको संकटलाई निकास दिन नसक्दा धेरैले ज्यान गुमाउनुपरेको भन्दै प्रदर्शनकारीहरुले राष्ट्रपतिले पद छोड्नुपर्ने अडान राखेका छन् ।

ब्राजिलमा भइरहेको प्रदर्शनको समर्थनमा यूरोपका अष्ट्रिया, स्विट्जरल्याण्ड, जर्मनी र बेलायतमा पनि बोल्सोनारोलाई रोक भन्दै प्रदर्शन भएको छ । ब्राजिलमा विश्वमै दोस्रो धेरै साढे १३ लाख मानिसहरुलाई कोरोना संक्रमण भएको छ ।

त्यहाँ ५७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । महामारी रोक्न लकडाउन गर्ने र स्वास्थ्य सतर्कता अपनाउने विषयमा आफ्नै सरकारका मन्त्री र रमजनीतिक दलहरुसंग राष्ट्रपतिको विमति रहदै आएको छ । त्यसैका कारण धेरैको मृत्यु भइरहेको र जोखिम बढेको भन्दै प्रदर्शन भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्