आफुलाई प्रधानमन्त्रीबाट हटाउन भारत सहित नेपालका नेताहरु लागेको प्रम ओलीकाे आरोप

File Photo

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाउन भारत सहित नेपालका नेताहरु समेत लागेको आरोप लगाएको छ ।
मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको र उक्त खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ ।
आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको उनले स्मरण गरे । अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताए ।

नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि कतिपयले ‘प्वाइन्ट अफ नो रिटर्न’ अर्थात पछाडि फर्किने ठाउँ नै नभएको भनेको उनले सुनाए । उनले भने, ‘प्वाइन्ट अफ नो रिटर्न नै हो । त्यहाँ प्वाइन्ट अफ रिटर्न राख्नै कुरै थिएन । हामीलाई हाम्रो भूमि चाहियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्