१४ औं महाधिवेशनको कार्यतालिका छिटै हेरफेर हुन्छ : रामचन्द्र पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका छिटै हेरफेर गरिने बताएका छन् । उनले महाधिवेशनका तयारी सुरू गर्न नेता र कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

प्रदेश नम्बर ५ का नेतारकार्यकर्तासँग शनिबार सामाजिक अध्ययन केन्द्रको आयोजनामा भएको छलफलमा वरिष्ठ नेता पौडेलले महाधिवेशन तयारी सुरू गर्नुपर्ने बताएका छन् । कांग्रेसले यसअघि जारी गरेको कार्यतालिकामा असारमा क्रियाशील सदस्यता वितरणरनवीकरण गरिसक्ने भनिएको थियो । तर कोरोनाले गर्दा फागुन अन्तिम सातादेखि कांग्रेसले पार्टीका कार्यक्रमहरू गरेको छैन ।

कांग्रेसको कार्यतालिकाअनुसार दशैंलगत्तै जिल्ला महाधिवेशन गर्नुपर्ने उल्लेख थियो । पुस ११ गते जारी उक्त कार्यतालिकामा कोरोना महामारीपछिको अवस्थालाई हेरेर कार्यतालिका हेरफेर गर्नुपर्ने भएको हो । पौडेलले तोकिएकै समयमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका हेरफेर गरिने पनि उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्