अमेरिकामा २ करोड मानिस कोरोना संक्रमित भएको अनुमान

स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको हुनसक्ने अनुमान गरेका छन् ।

सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमणभन्दा १० गुणा बढी हुनसक्ने जनाएको छ । सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो कुरा बाहिर आएको हो ।

अमेरिकामा संसारकै सबैभन्दा बढी २४ लाख जनामा सङ्क्रमण देखिएको छ ।

स्रोत : बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्