बेलकोटगढी नगरपालिकाकाे नीति तथा कार्यक्रम : स्वास्थ, कृषि, शिक्षा र राेजगारी प्राथमिकतामा

नुवाकोट–बेलकोटगढी नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को छैटौं नगर सभा सम्पन्न भएको छ । बिहिबार सम्पन्न छैटौँ नगरसभा तथा नीति तथा कार्यक्रममा स्वास्थ,कृषि, शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ ।

यसैगरी स्वास्थ चौकी नभएका वडाहरुमा स्वास्थ्य सस्था स्थापना गर्ने, बिपद तथा कोरोना कोषमा बजेट ब्यबस्थापन गर्ने, बर्थिङ सेन्टरलाई थप प्रभावकारि बनाउने नीति तथा कार्यक्रममा समाबेश गरेको छ । यसैगरी गर्भवती र सुत्केरी महिलाको लागि विशेष कार्यक्रम, बिद्यालयमा इन्टरनेट सहितको कम्प्युटर ब्यबस्थापन गर्ने तथा शून्य दरबन्दी भएका स्कुलमा शिक्षकको ब्यबस्थापन गर्ने लगायत शिक्षाका कार्यक्रम पनि उक्त नीति तथा कार्यक्रमा समाबेश गरेको छ ।

यसैगरी कृषिमा यान्त्रिकरण र बिशेश अनुदानको ब्यबस्थापन गर्ने, बिदेशबाट फर्केर आएकाहरुलाई उनिहरुले सिकेको सिपलाई प्रयोग गर्न विशेष कार्यक्रम ल्याएको छ भने पशु बिमा कार्यक्रमलाई निरन्तरता दिने र जोखिममा रहेका हिंसा पिडित एकल महिलाहरुको लागि सहयोग कोष स्थापना गर्ने महत्वपूर्ण योजना तथा कार्यक्रमहरुलाई समावेश गरेको उप प्रमुख कविता ढुंगानाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्