बिष्णु सिंह बोहरा
सिंहदरवार का मन्त्री, प्रधानमंत्री, राष्ट्रपति, देखी लिएर सिंहदरवारका कर्मचारी सम्मका व्यक्तिले गरीब जनता संग चर्को कर उठाएर आफ्नो ऐस-आरामका लागी महंगा हेलिकप्टर, गाडी र आवासमा खर्च गर्ने अनि भाषणमा गरीब नेपाली जनता लाई ठुला-ठुला सपना देखाउने गरेका छन्। अनावश्यक खर्च गरेर मुलुकको समृद्धि कसरी हुन्छ ? एउटा जहाज किन्दा साढे चार अर्ब भन्दा बढी घुस खाने, दूरसंचारको एउटा टेलिफोन प्याकेज मा 4 अर्ब हिनामिना गर्ने, एन्सेल प्रकरणमा ४० अर्ब सरकार कर किन उठाउन नसकेको हो ? के त्यहां भित्र पनि सिंहदरवारको हात त छैन ? ३३ किलो सुन काण्ड प्रकरणमा पनि सिंहदरवार चुकेको छ। सुन काण्ड भित्र पनि सिंहदरवार प्रत्यक्ष-अप्रत्यक्ष रूपमा भ्रष्टाचार मा संलग्न भएको पुष्टि हुन्छ।
बुढी गण्डकीको योजनामा पनि सिंहदरवार भ्रष्टाचार नै गरिरहेको छ। मुलुकमा भ्रष्टाचारका ठुला घटना बाहिर आए वाइडबडी प्रकरणले सनसनी नै मच्चियो । नेपाल वायु सेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्दा साढे चार अर्ब भ्रष्टाचार भएको बिषयमा संसदीय समितिले खुलासा गर्दै कारबाही को सिफारिस गर्यो । यो प्रकरणमा पुर्व मन्त्री देखी लिएर त्यति बेलाका वहालवाला मन्त्री, सचिवहरू र नेपाल वायु सेवा निगमका पदाधिकारी समेत मुछिए । यति ठुलो आर्थिक अनियमिततामा जनतामा सिंहदरवार प्रति सङ्का पैदा हुन थाल्यो । साढे चार अर्ब को भ्रष्टाचारको विषय माथि संसदीय समितिले छानबीन गरी प्रतिपदेन बुझायो । वाइडबडी प्रकरणमा पुर्व पर्यटन तथा नागरिक ऊड्डयन मन्त्रीहरूका अलावा सचिव र सम्बन्धित अधिकारी मुछिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक नै भ्रष्टाचार काण्ड मा मुछिए । भ्रष्टाचारको छानविन गर्ने निकायका पदाधिकारी नै भ्रष्टाचारमा मुछिएर राजीनामा दिनु परेको यो नेपाल को इतिहासमा पहिलो घटना थियो । देशका हरेक निकायमा भ्रष्टाचार व्याप्त छ। सरकारका नियुक्तीहर मा पनि भ्रष्टाचारका बिषय उठे । सेना, प्रहरी देखी न्यायालय हुदै राजदुत सम्म समेत भ्रष्टाचारको पोल खुल्यो।
मालपोत, नापी, कर, शिक्षा, स्वास्थ्य, विद्युत, यातायात, खानेपानी कार्यालयहरूमा भ्रष्टाचार ह्वातै बढ्यो । देशको जिम्मेदार नेताले नै सरकारी जग्गा आफ्नो नाममा हालेको घटना पनि बाहिरियो । सिंहदरवार भित्र पनि आफन्तबाद हाबी भएको देख्न सकिन्छ । हरेककाममा सिंहदरवारका आसेपासे हरू मात्रै भर्ना गरिएका छन । यावत थुप्रै कुरामा सिंहदरवार भ्रष्टाचार मच्चाइरहेको छ। हुदा -हुदा सरकारले विश्व महामारी कोरोना भाइरसको सङ्क्रमणले मुलुक आक्रान्त भइरहेको यस्तो महासङ्कटको बेलामा पनि स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरिरहेको छ।
गरीब जनता खान नपाएर भोकभोकै मरिरहेको बेलामा राष्ट्रपतिका लागी करोडौं को वाहियात सुविधा सिंहदरवारले प्रदान गर्छ। सिंहदरवारको काम गराई र भ्रष्टाचार को मति देखेर नेपाली जनता दिक्दार भइसके। जनता लई दिएको आश्वासन सिंहदरवार आफ्ना आसेपासे हरू को पालन पोषण मै भुल्छ । सिंहदरवारका मन्त्री नै भ्रष्टाचार काण्डमा राजिनामा दिन्छन । नेपाली जनताले सिंहदरवार बाट भ्रष्टाचारका अलावा केही सुविधा पाएका छैनन् । प्रदेश सरकारको पनि चाला ठ्याकै सिंहदरवार संग मिल्दो जुल्दो छ। प्रदेश सरकार पनि बाटो बनाउने काम देखी लिएर सामान्य औंषधी खरिद गर्ने काममा समेत चरम अनियमितता गरिरहेको छ। कर्मचारीका नाममा अन्धा धुन्द आफ्ना आसेपासे हरू लाई भर्ना गरिएको छ । प्रदेश सरकारले शिक्षामा पनि चरम भ्रष्टाचार गरेको छ । प्रदेशका भौतिक संरचना निर्माणमा पनि प्रदेश सरकार मनोमानी गरिरहेको छ। भत्ताका नाममा मन्त्री देखी लिएर प्रदेश सांसद समेत चरम घोटाला गरिरहेका छन्।
प्रदेश सरकार पनि आफ्ना प्रदेसवासी प्रति उत्तरदायी छदै छैन। जुन आशा जनताले प्रदेश सरकार बाट लिएका थिए , त्यो अब सपनामा मात्रै सिमित हुन लागेको छ। प्रदेश सरकार पनि भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ। संघीयता आए सिंहदरवारको सरकार घर-घरमै भन्थे तर संघीयताले त सिंहदरवारका सिंह र भ्रष्टाचार घर -घर मै ल्याएको छ। जनता ले सबै भन्दा बढी सुख र समृद्धिको आशा स्थानिय सरकार बाट लिएका थिए । त्यो पनि नेपाली जनता का लागि दिवास्वप्ना भएको छ । स्थानीय सरकारका वडा अध्यक्ष देखी लिएर वडा सदस्य समेत भ्रष्टाचारमा रमाएका छन् । स्थानिय सरकार पनि स्थानीय गरिब जनता बाट चर्को कर असुली गरी ऐस-आराम गरिरहेका छन् ।
आफ्नो कर्मचारी संग कुरा नमिलेमा स्थानिय सरकार का प्रतिनिधिहरू चप्पल प्रहार गरिरहेका छन् । कर्मचारीलाई मात्रै सरूवा गरिरहेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार, सुरक्षा, सडकमा स्थानीय सरकार चरम भ्रष्टाचार गरिरहेको छ । स्थानीयस्तरका हरेक योजना हरूमा आफ्ना आसेपासे हरूलाई मात्रै खटाएर चरम भ्रष्टाचार गरिरहेका छन स्थानीय सरकार । त्यसमा पनि ५ लाखको योजनामा १ लाखको काम गरेर ४ लाख हिनामिना गरिरहेका छन् । आज बनाएको बाटो भोली भत्किदै छ। यसको दूरगामी असर भविष्यमा सिङ्गो नेपाल लाई हुदैन र ? संघ, प्रदेश, स्थानीय सरकार चर्को कर असुली चरम भ्रष्टाचार गरिरहेका छन् भने गरीब नेपाली जनता आफ्नो भोको पेट एक छाक टार्न र परिवार पाल्न चर्को घाममा खाडि मुलुकमा 18 घण्टा रगत पसिना चुहाइरहेको छ । त्यही रगत र पसिना बाट नेपालका नेता हरूका साला -साली, छोरा-बुहारी, सासु-ससुरा, भाई-बहिनी लगायत सम्पुर्ण आफन्तजन, आसेपासे ऐस-आराम गरिरहेका छन्। इमानदारी बिना समृद्धि हुन सक्दैन । देश बिकास र समृद्धि तिर जानुपर्ने हो तर सरकारको रवैयाले गर्दा नेपालमा विकासको सम्भावना कम भएको छ।सबै तिर अशान्ति,हत्या, हिंसा, बलात्कारका घटनाहरू दिन प्रतिदिन बढिरहेका छन। मानवीयता पनि हराएको छ आफ्नै दिदीबहिनी हरू लाई ति पिपासु पापीहरू बलात्कार गरिरहेका छन। छोराले जन्म दिने आमाको हत्या गर्दै छ। क्वारन्टाइनमा मै बलात्कार मौलाएको छ।
विश्व महामारी कोरोना भाइरस को सङ्क्रमणले पनि नेपालको अर्थतन्त्रलाई तहस नहस गरेको छ। दिन प्रति दिन सङ्क्रमितको सङ्ख्या बढ्दो छ। मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ। एकातिर मुलुक बन्दा बन्दि रहेको हुनाले काम कांज ठप्प छन्। सरकारको लक्ष्य माथि यो महामारीले गम्भीर धक्का लगाएको छ। यति बेला कोरोनाको सामना गरी मुलुक बच्नु पर्ने स्थित छ। सङ्क्रमण लाई फैलिन नदिन सरकारले उपयुक्त नीति अवलम्बन गर्नु पर्ने देखिएको छ। यस्तै स्थितमा नेपाल रहने हो भने यो विश्व महामारी कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएर नेपालले ठुलो क्षति बेहोर्नु पर्ने छ ।
त्यसैले समय मै यस बारे पनि सोच्नु जरूरी छ । दण्डहिनता बढेको बढेछै। गाऊंका सोझा निमुखा जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन् । सबै क्षेत्रमा अनियमितता छ । घुसखोरी र अशान्तिले मुलुक कसरी समृद्ध बन्छ। जसरी पाकिस्तानका प्रधानमंत्री इमरान खानले प्रधानमंत्रीको शपथग्रहण लिंदा ‘म नेपाल का प्रधानमंत्री सुशिल कोइराला को अनुयायी हुं तसर्थ म त्यस्तै इमानदार बन्न चाहान्छु’ भनेर उदाहरण दिएका थिए। त्यस्तै इमानदारीता अहिलेका नेपालका प्रधानमंत्रीमा हुनुपर्छ। अनि मात्रै मुलुक समृद्धि हुंदै जान्छ नत्र अहिलेको जस्तै रवैया ले हुंदैन ।उ नले भने जस्तै नेपालका अहिलेका नेताहरूले देश र जनताको लागी त्याग गर्नु पर्ने थियो । तर ,यहाँ अहिले प्रधानमंत्री, राष्ट्रपति, मन्त्री र नेता हरूले त्यो त्याग देखाउन सक्नु पर्ने थियो त्यो देखिएन। नेपालका नेताहरू अहिले धेरै सुबिधा भोगी भएका छन। स्थानीय तहमा त्यस्तै छ, प्रदेश मा त्यस्तै छ, संघमा झन डामाडोल भएको छ। स्थानीय तहका जनप्रतिनिधिहरू लाई अहिले मालामाल भएको छ।
अहिलेको सरकारको ध्यान कसरी कमाउन सकिन्छ ? अर्को तिर मुलुकमा सीमा र एमसीसीको चर्को बहस चलिरहेको छ । भारतले मानसरोवर जाने सडक बनाउंदा त्यस सडकको नेपालमा चर्को बिरोध भई शसक्त आन्दोलनको माध्यम द्वारा देश भक्ति नेपाली जनताले सरकार लाई खबरदारी गरेका थिए।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा छुटेका नेपालका अभिन्न अंग हुन । तुरून्तै सरकार ले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको वास्तविक नक्सा जारी गर्नु पर्छ भनी शसक्त आन्दोलन भई अहिले नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको वास्तविक नक्सा जारी गरी संघीय संसदका दुवै सदनबाट सर्वसम्मतिले पारित भई राष्ट्रपति बाट प्रमाणिकरण भई बल्ल संबैधानिक मान्यता पाएको छ। नक्सा जारी भए पनि जमिन भारतको पुर्ण अधिनमा रहेकाले नेपाल सरकारका अगाडि ठुलो चुनौती छ।
जसरी पनि भुमी फिर्ता ल्याउनु पर्ने नैतिक दबाव अहिलेको सरकारमा छ। नक्सामा मात्रै जमिन सिमित रहेर भारतको कब्जामा नै त्यो भुमी रहने हो भने फेरी एकचोटी शसक्त आन्दोलन चर्किने छ। अर्को तिर एमसीसी पारित गर्ने कि नगर्ने भन्ने विवाद सत्तारूढ दल लगायत अन्य दलहरूमा मत भिन्नता छ।
नेपाली जनता एमसीसी सम्झौता राष्ट्र घाति छ भनेर नियमित जसो एमसीसीको बिरूद्धमा सडक तताइरहेका छन। अहिले को सरकार लाई यो पनि महत्वपुर्ण चुनौती रहेको छ । अहिलेको सरकार लाई ऐतिहासिक सुनौलो अवसर पनि छ। अहिलेको स्थितिलाई हेर्ने हो भने यो समय अति नै महत्वपुर्ण समय हो । देश परिवर्तन र विकास गर्नको लागि यतिको अनुकूलताको समय हामिले विरलै मात्रै पाउंछौ। नेपाली जनताले अहिलेको सरकार लाई ५ वर्षका लागी सुनौलोअवसर दिएको छ। अहिले मुलुकलाई नयां युगतिर लैजानु पर्ने महत्वपुर्ण समय हो। हामिले लोकतांत्रिक क्रान्तिको युगलाई पार गरेर समाजवाद लाई लक्ष्य निर्धारित गर्ने नयां युगमा अगाडि बढ्नु पर्ने चुनौती अहिलेको सरकारमा छ।केन्द्र, प्रदेश र स्थानीय तहमा नेकपाले बहुमतको सरकार बनाएको छ। यो ऐतिहासिक सुनौलो अवसर लाई गुमाउने हो भने यस्तो ऐतिहासिक सुनौलो अवसर इतिहास का पानामा मात्रै सिमित हुनेछ ।
लेखक : बिष्णु सिंह बोहरा, शैल्यशिखर नगरपालिका- रानीशिखर, कांडापारी