पीसीआर परीक्षणको रिर्पोट नल्याएको भन्दै अदालतले अभियुक्तलाई फिर्ता पठायो

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले कोरोना सङ्क्रमणको पीसीआर परीक्षण नगरी अदालतमा ल्याएको भन्दै विद्युतीय कारोबारसम्बन्धी मुद्दाका एक अभियुक्तलाई फिर्ता पठाएको छ ।

साथै, अदालतले आइन्दा अदालत ल्याउनुअघि प्रतिवादीको पीसीआर परीक्षण तथा प्रतिवादीसँग अत्यन्त निकट रहनुपर्ने भएकाले सँगै आउने प्रहरीको पनि पीसीआर परीक्षण गराउन आदेश गरेको छ ।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासबाट सो आदेश भएको हो । प्रहरीले अभियुक्तको आरडीटी जाँच गराएर ल्याएको भए पनि अदालतले विश्व स्वास्थ्य सङ्गठनको मान्यता अनुसार पीसीआर नै गर्नुपर्ने कुरा आदेशमा उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्