बैतडीमा थपिए १४ जना कोरोना संक्रमित, कुल संख्या १७२ पुग्यो

काठमाडौँ – बैतडीमा १४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा बैतडीका १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार बैतडीका १४ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो संगै बैतडीमा संक्रमितको सङख्या १ सय ७२ पगेको छ ।

आज कोरोना पुष्टि हुनेमा शिवनाथ गाउँपालिकाका ९ र दोगडाकेदार गाउँपालिका ५ जना रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिए । पुष्टि हुने सबै १६ देखि ५० बर्ष उमेर समूहका पुरुष रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्