भारतमा एकैदिन साढे १४ हजार भन्दा धेरै संक्रमित थपिए, संक्रमितको संख्या ४ लाख नजिक

काठमाडौँ – भारतमा एकै दिन साढे १४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संक्रमितको संख्या आज सम्मकै बढी हो ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७२१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ३ लाख ९५ हजार ८ सय भन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनको संख्या ३६६ जना छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार ९७० पुगेको छ । यहाँ २ लाख १४ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । भारत एशियाको सबै भन्दा बढी प्रभावित मुलुक हो भने विश्वका अति प्रभावित मुलुकहरुको सूचीमा चौथो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्