समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरी बिरुद्ध टेकुमा उजुरी, राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको आरोप

काठमाडौँ – समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको छ ।

शुक्रबार तीन जना अधिवक्ताले सांसद गिरीविरूद्ध नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै टेकुमा उजुरी दिएका हुन् । ‍उजुरी परेसँगै अनुसन्धान थालिसकिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले संशोधन प्रस्ताव हालेकी थिइन् । उक्त क्षेत्र नेपालले दाबी गर्न स्रोत र प्रमाण नपुग्ने गिरीको जिकिर थियो । तर प्रतिनिधि सभाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको थियो । अस्वीकृत भएसँगै उनले संसदबाट बाहिरिएर पत्रकारहरूसँग आफ्ना अभिव्यक्ति दिएकी थिइन् ।

’राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार जाँच गर्नु भएन भने, नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो,’ गिरीले भनेकी थिइन्, ’किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार ग¥यो। महिलाहरूले देश निर्माण गर्नुभयो।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्