राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डाक्टर सहित ४ जनामा कोरोना संक्रमण, आकस्मिक बाहेकका सेवा बन्द

घोराही – दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

अस्पतालको मेडिकल वार्डमा भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि विरामीको हेरचाहमा संलग्न ४ जना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी गरी २१ जना होम क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुको स्वाब संकलन गरी परीक्षण गर्दा एकजना चिकित्सक, दुईजना नर्स र एकजना स्वास्थ्यकर्मीमा शुक्रबार कोरोना पुष्टि भएको हो । उनीहरु दुई महिला र दुई पुरुष हुन् ।

कायम मुकायम रजिष्ट्रार देवका अनुसार संक्रमितहरु सबै प्रतिष्ठानको सम्पर्कमा छन् र उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्