निर्देशिका विपरितका नमुना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन (विज्ञप्ति सहित)

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका विपरितका नमुना परीक्षण नगर्न सम्बन्धित प्रयोगशाला र अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कतिपय निकाय तथा व्यक्तिहरुले कोभिड– १९ को नमुना संकलन गर्दा तोकिएको निर्देशिका भन्दा फरक तरिकाले नमुना संकलन गर्ने गरेको र परीक्षण गर्न दवाव दिएको बुझिएकाले अवदेखि निर्देशिका विपरितका नमुना परीक्षण नगर्न निर्देशन दिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

निर्देशिकामा तोकिएबमोजिमका नुमनामात्र संकलन गरी परीक्षण गर्न गराउन मन्त्रालयले सूचित गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्