उत्तर कोरियाली सेनाले भन्यो, ‘कारबाहीका लागि तयार छौं’

This undated photo released by North Korea's official Korean Central News Agency (KCNA) on August 26, 2017 shows North Korean leader Kim Jong-Un (C) presiding over a target strike exercise conducted by the special operation forces of the Korean People's Army (KPA) at an undisclosed location. North Korea fired three short-range ballistic missiles on August 26, the US military said, following weeks of heightened tensions between Washington and Pyongyang. / AFP PHOTO / KCNA via KNS / STR / South Korea OUT / REPUBLIC OF KOREA OUT ---EDITORS NOTE--- RESTRICTED TO EDITORIAL USE - MANDATORY CREDIT "AFP PHOTO/KCNA VIA KNS" - NO MARKETING NO ADVERTISING CAMPAIGNS - DISTRIBUTED AS A SERVICE TO CLIENTS THIS PICTURE WAS MADE AVAILABLE BY A THIRD PARTY. AFP CAN NOT INDEPENDENTLY VERIFY THE AUTHENTICITY, LOCATION, DATE AND CONTENT OF THIS IMAGE. THIS PHOTO IS DISTRIBUTED EXACTLY AS RECEIVED BY AFP. / (Photo credit should read STR/AFP/Getty Images)

उत्तर कोरियाको सेनाले सीमा क्षेत्रस्थित सैन्यरहित इलाकामा प्रवेश गर्न तयार रहेको जनाएको छ । यसअघि दक्षिण कोरिया हुँदै देशबाट भागेकाहरुले उत्तर कोरिया विरोधी पर्चा राखेर सीमा क्षेत्रमा बेलुन उडाएपछि दुई देशबीच तनाव छ । झन्डै एक साताअघि दक्षिण कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्ना सेनालाई कारबाहीका लागि तयार रहन आदेश दिइएको बताएकी थिइन् । र, अहिले उनले सेनाले फ्रन्टलाईनमा खटिएर देशको रक्षा गर्न तयार रहेको जनाएकी हुन् ।

बिहीबार दक्षिण कोरियाको रक्षा मन्त्रालयले किम यो जोङको चेतावनीको जवाफ फर्काउँदै अमेरिकासँग मिलेर उत्तरको सैन्य कदमलाई कडा रुपमा निगरानी गरिरहेको जनाएको थियो । सन् १९५० को कोरियाली युद्धले विभाजित भएयता उत्तर कोरिया र दक्षिण कोरियाबीचको सीमामा सैन्यरहित क्षेत्र कायम गरिएको छ । मंगलबार उत्तर कोरियाली सेनाले त्यही क्षेत्रमा सैनिक पठाउने एक्सन प्लानबारे अध्ययन भइरहेको जनाएको हो ।

दक्ष्णि कोरियाले यो चेतावनीलाई गम्भीर रुपमा लिएको छ । सैन्य रहित क्षेत्रमा गुप्तचरहरुको उपस्थिति बाक्लिएको छ भने राष्ट्रपति मुनले शान्तिको अपिल गरेका छन् । सन् २०१८ मा राष्ट्रपति मुन र किम जोङ उनबीच भएको सहमतिमा उत्तर कोरियाविरुद्धको पर्चालाई रोक्ने सहमति भएको थियो । सो सहमति उल्लंघन भएपछि उत्तर कोरिया क्रुद्ध रहेको छ ।

Source: BBC.com

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्