मापदण्डविपरीतका र अव्यवस्थित क्‍वारेन्टाइन सुधार गर्न सरकारको ध्यानाकर्षण

sf7df8f}F, ! c;f/ M g]kfnL sfFu|]; kf6L{ s]lGb|o sfof{no nlntk'/sf] ;fg]kfdf ;f]dfa/ sf]le8–!( sf] sf/0f pTkGg kl/:yltsf] ;DaGwdf kf6L{ s]lGb|o sfo{;ldltn] cg'udg ug{ ul7t ;ldltsf ;+of]hs kf6L{sf ;xdxfdGqL 8f k|sfzz/0f dxt kqsf/;Fu s'/fsfgL ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

नेपाली काँग्रेसले मापदण्डविपरीतका र अव्यवस्थित क्वारेन्टिनका कारण कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै त्यसमा सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यसअघि कोभिड-१९ का कारण उत्पन्न परिस्थितिको सम्वन्धमा अनुगमन गर्न काँग्रेसले पार्टीका सह महामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो ।

समितिले तयार गरेको १४ बुँदे ध्यानाकर्षण पत्रबारे जानकारी दिन पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले कोभिड-१९ का कारण आमनागरिकले भोगेको समस्यातर्फ ध्यान दिन आग्रह गरिएको बताउनुभयो ।

नेपाल टेलिभिजन 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्