नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेकोले देशका अधिकाँश स्थानमा बर्षा भैरहेको छ। हिजोबाट नै म्याग्दी, तनहुं, काभ्रे काठमाण्डौं, सिन्धुली लगायतका स्थानहरूमा वर्षा भईरहेको छ । आज सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टा देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले नदिमा पानीको वहाव बढ्ने र पहिरो समेत जानसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नेपाल टेलिभिजन