दार्चुलामा विभिन्न कार्यक्रमका लागि उर्जा मन्त्रालयको ५० करोड, ग्रामीण विद्युतीकरणकालागि मात्रै ९ करोड

काठमाडौँ – आगामी आर्थिक वर्षको लागि दार्चुलामा ग्रामीण विद्युतिकरणकालागि ९ करोड बजेट विनियोजन भएको छ ।
उर्जा तथा सिँचाई मन्त्रालयबाट विनियोजित यो जबेट सुदूरपश्चिमका सबै जिल्लाको भन्दा बढी हो । बाँलाच र थालिगाडमा सव–स्टेशन निर्माण पश्चात दार्चुला जिल्लाका ३ क्षेत्रहरु दुँहुको हुती, मार्माको पारिबगड,र लेकममा ३३ केभी प्रसारण लाईन र स्टेशन निर्माण स्वीकृत भएको छ । यस्तै नदी नियन्त्रणका लागि १२ करोड बजेट विनियोजन भएको छ । जस अन्तरगत महाकाली नदी, नौगाड खोला र चमेलिया नदीको गोकुलेश्वर क्षेत्रमा कार्यक्रमहरु संचालन हुनेछन् । यस्तै जिल्लाभरी विभिन्न सिचाईँका कार्यक्रमहरु सम्पन्न गर्नको लागि मन्त्रालयबाट ५० करोड भन्दा बढी बजेट विनियोजन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्