काठमाडौं – आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।
विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र अनिवार्य कर तिर्नुपर्ने सूचना जारी गरेको थियो । कर नतिरे व्याज र जरिवााना लाग्ने सूचनामा उल्लेख गरेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।