काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा विदेशीको चलखेल व्यापक भएको बताएका छन् । उनले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता बन्धकमा पर्ने आशंका पनि गरेका छन् ।
मंगलबार ट्वीट गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले विदेशीको चलखेलले ठीक बेठिक छुट्याउन पनि कठिन भएको बताएका छन् । बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्रलाई उनले उदाहरणको रुपमा राखेका छन् ।
उनले लेखेका छन्, ‘नेपाली राजनीतिमा विदेशी ‘एसेट’को चलखेल यति व्यापक छ कि ठिकरबेठिक छुट्याउन पनि कठिन भएको छ । बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन् । जनताले पार्टी कार्यकर्ताभन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने हो भने भविष्य अझै कहालीलाग्दो हुन्छ ।’
नेपाली राजनीतिमा बिदेशी ‘एसेट’को चलखेल यति व्यापक छकि ठिक/बेठिक छुट्याउन पनि कठिन भएको छ।BRI,MCC,संबिधान संसोधन, धर्मनिरपेक्षता,संघियता,गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन्।जनताले पार्टी कार्यकर्ता भन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने होभने भविष्य अझै कहालीलाग्दो हुन्छ
— Kamal Thapa (@KTnepal) June 3, 2020