धनकुटा – नेपाली कांग्रेसको महाधिवेशनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की अध्यक्ष करुणा कटुवाल आफ्नै गृह जिल्ला धनकुटाबाट युवा खुलातर्फ सर्वाधिक मतसहित विजयी भएकी छन्।
युवा खुलातर्फ एक मतदाताले दुई जनासम्म उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था थियो। प्राप्त मतपरिणामअनुसार कटुवालले ६९० मत प्राप्त गरेकी छन्। यो मतदान गर्ने कुल मतदाताको करिब ७० प्रतिशत मत हो।
कटुवालसँगै गोविन्द लिम्बू पनि युवा खुलातर्फ विजयी भएका छन्। लिम्बूले ३०५ मत प्राप्त गरेका छन्। कटुवालले लिम्बूलाई ३८५ मतले पछि पार्दै विजयी भएकी हुन्।
मतपरिणामअनुसार क्रान्तिराज पौडेलले २४३, चिरञ्जीवी कोंग्रेनले १८४ र अभिनव गुरागाईंले १३९ मत प्राप्त गरेका छन्।
धनकुटाबाट युवा खुलातर्फ कटुवालले सबैभन्दा बढी मत प्राप्त गरेकी छन्। प्राप्त मतपरिणामले धनकुटाका महाधिवेशन प्रतिनिधिहरूमाझ कटुवालको पक्षमा उल्लेख्य मत रहेको देखाएको छ।




