धनुषामा पाँच घण्टाका लागि कर्फ्यु खुकुलो, अत्यावश्यक सामग्री खरिद गर्न अनुमति

काठमाडौं – धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लामा जारी कर्फ्यु आज केही घण्टाका लागि आंशिक रूपमा खुकुलो बनाएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउन आज बिहान ५ बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि कर्फ्यु खुकुलो पारिएको हो। यस अवधिमा नागरिकले दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु खरिद गर्न सक्नेछन्।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जारी गरेको सूचनामा तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी तत्काल आफ्नो निवासतर्फ फर्कन तथा कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबैमा आग्रह गरिएको छ।

प्रशासनका अनुसार कर्फ्यु जारी रहे पनि अस्पताल, फार्मेसी, एम्बुलेन्स, दमकल, शववाहन, हवाई सेवा, ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानी र बिक्री, खानेपानी, दूध ढुवानी तथा फोहोर व्यवस्थापनजस्ता अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन्।त्यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, नेपाल रेडक्रसका कर्मचारी, तीर्थयात्री, बिरामी तथा विमानस्थल जाने–आउने यात्रुहरूलाई परिचयपत्र वा आवश्यक प्रमाणका आधारमा आवतजावतमा सहजीकरण गरिने प्रशासनले जनाएको छ।

धनुषामा साउन १४ गतेदेखि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका थिए। जिल्लाको पछिल्लो अवस्थालाई निरन्तर मूल्याङ्कन गर्दै आवश्यकताअनुसार थप निर्णय गरिने प्रशासनले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्