लगातार तीन खेलमा विकेटविहीन बनेपछि सन्दीप पहिलोपटक प्लेइङ-११ बाट बाहिर

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका प्रमुख लेगस्पिनर सन्दीप लामिछाने पहिलोपटक प्लेइङ–११ बाट बाहिरिएका छन्। नेपालले सिरिजमा लगातार तीन खेल गुमाएपछि टोलीमा परिवर्तन गर्दै बुधबार नेदरल्यान्ड्सविरुद्धको खेलका लागि सन्दीप लामिछाने र सोमपाल कामीलाई विश्राम दिएको हो। उनीहरूको स्थानमा स्पिनर ललित राजवंशी र तीव्र गतिका बलर हेमन्त धामीलाई अवसर दिइएको छ।

सन्दीपले यस सिरिजका तीनै खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका थिएनन्। नामिबियाविरुद्धको पहिलो खेलमा ३२ रन खर्चिए पनि विकेट लिन सकेनन्। त्यसपछि नेदरल्यान्ड्सविरुद्ध ३६ रन दिएर पनि विकेटविहीन रहे। नामिबियासँगको दोस्रो खेलमा पनि उनले ३६ रन खर्चिए तर कुनै सफलता हात पार्न सकेनन्। लगातार तीन खेलमा विकेट लिन नसकेपछि टोली व्यवस्थापनले उनलाई चौथो खेलमा विश्राम दिएको हो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक १५४ विकेट लिएका सन्दीपलाई खराब लयका कारण प्लेइङ-११ बाहिर राखिएको यो पहिलो पटक हो।

नेपालका लागि सिरिजको अन्तिम खेल निकै महत्वपूर्ण मानिएको छ। लगातार तीन हारपछि टोली जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्