रास्वपाले गर्‍यो प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको छ। बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो।

पार्टीका अनुसार रास्वपा र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच निर्वाचनअघि भएको राजनीतिक सहमतिअनुसार उनलाई वरिष्ठ नेताको भूमिकामा ल्याइएको हो।

रास्वपाले हालै संशोधन गरेको विधानमा वरिष्ठ नेताको व्यवस्था समावेश गरिएको छ। सोही व्यवस्थाअनुसार केन्द्रीय समिति बैठकले शाहलाई औपचारिक रूपमा वरिष्ठ नेतामा मनोनीत गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्