काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (निवारण) अध्यादेश, २०८३ जारी गर्नुभएको छ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश शुक्रबार जारी गरिएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको हो।
यसअघि राष्ट्रपति पौडेलले बिहीबार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ तथा सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ पनि जारी गरिसक्नुभएको छ।






