नेपाल व्यापार संघमा महिला उपाध्यक्षको जिम्मेवारी लक्ष्मी बराल र पदमा बराललाई

काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट महिला उपाध्यक्ष पदमा दुई जना निर्वाचित हुनुभएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने क्रममा लक्ष्मी कुमारी बरालपदमा कुमारी बराल लाई महिला उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।

राष्ट्रिय सभा गृहमा सम्पन्न अधिवेशनले संघलाई समावेशी र सशक्त बनाउने उद्देश्यका साथ महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै यी दुवै जनालाई चयन गरेको जनाएको छ। दुवै महिला उपाध्यक्षहरूले व्यवसायिक क्षेत्रका महिलाहरूको सहभागिता बढाउने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा व्यापार क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

संघभित्र महिला उद्यमशीलताको प्रवर्द्धन, नीति निर्माणमा सहभागिता र नेतृत्व विकासमा जोड दिँदै उनीहरूले आगामी कार्यकालमा प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वसँगै नेपाल व्यापार संघलाई अझ समावेशी, गतिशील र व्यवसायीमैत्री बनाउने विश्वास गरिएको छ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जयकृष्ण शर्मा, प्रथम उपाध्यक्षमा पार्वती पौडेल भट्ट, द्वितीय उपाध्यक्षमा श्यामसुन्दर रुङ्गाटा तथा काठमाडौँ उपत्यकाबाट उपाध्यक्षमा प्रकाश श्रेष्ठ चयन हुँदा सातै प्रदेशबाट दिपक सापकोटा, चिफबहादुर थापा, निरञ्जन सेढाईं, किशोरकुमार गौतम, नरबहादुर गौतम, चक्रप्रसाद पौडेल र कमल शर्मा उपाध्यक्षमा चयन भएका छन्। महासचिवमा ज्योतिकुमार श्रेष्ठ, कोषाध्यक्षमा देवराज कार्की तथा उपमहासचिवमा दिपकप्रसाद सापकोटा र जगन्नाथ खनाल चयन भएका छन्।

सचिव पदमा महिला सचिवका रूपमा शुसिला चौलागाई र शर्मिला लुईँटेल चयन भएका छन् भने अन्य सचिवहरूमा उद्धवप्रसाद गौतम, प्रितमराज पाठक, प्रेम गौतम, रामचन्द्र भुषाल, राजु गौतम, प्रविन बगाले र गणेश सिवाकोटी रहेका छन्। सहसचिवमा रामकुमार श्रेष्ठ, कमलराज अधिकारी, केदार पोखरेल, शारदा रेग्मी सुवेदी, विष्णुप्रसाद शर्मा, अनिल खतिवडा र विवेक खत्री तथा सहकोषाध्यक्षमा आङ छिरिङ शेर्पा र चण्डी कुमारी ढकाल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा सुवास कडेल, आनन्द न्यौपाने, नविन भट्टराई, महेश मित्र पण्डित, हरिशरण पराजुली, प्रदीप कार्की, प्रवेश भट्ट, सुमन राई, सोमबहादुर श्रेष्ठ, सुजता बुढाथोकी खड्का, सुवास परियार, एकराज विष्ट, लवदेव भट्ट, पुनम खत्री बञ्जारा, जनम पाण्डे, सुरेन्द्र श्रेष्ठ, उर्मिला पराजुली, मीना पौडेल, डोलेश्वर सिवाकोटी, रत्नबहादुर देवकोटा, सुरेश तिवारी, अम्बिका हुमागाईँ, प्रकाश श्रेष्ठ, बलभद्र ढकाल, शान्तवीर व्याञ्जु, हरिलाल कँडेल, विकास अग्रवाल, दुर्गाप्रसाद न्यौपाने, शिवकुमार घिमिरे, अनुप अग्रवाल, सीताराम चुहान, सुजनकुमार श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, रेशमकुमार श्रेष्ठ, अच्युत सापकोटा, भुवन थापा, समिर डोटेल, सारदा प्रसाद पराजुली, बोलकुमारी भण्डारी, तारादेवी श्रेष्ठ, पासाङ डोल्मा शेर्पा, दिपककुमार कार्की, दिनेशचन्द्र भट्टराई, सुशिल प्रधान, इन्द्रकुमार मैनाली, सृजना गुरुङ, मनिषकुमार भेटवाल, रमेश भट्टराई, सुरेश खतिवडा, बाबुराम सापकोटा, शम्भुप्रसाद आचार्य, शम्भुकुमार रौनियार, डिल्लीबहादुर विष्ट, विक्रम खड्का, नरेश थापा, प्रवेश भट्ट, उद्धव पन्त, रिता काफ्ले, बासना श्रेष्ठ र रमेश गौतम चयन भएका छन्। नवगठित कार्यसमितिले संघलाई थप सशक्त, व्यवस्थित र व्यवसायीमैत्री बनाउँदै व्यापारिक हकहित संरक्षण र संस्थागत विकासका क्षेत्रमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्