आमालाई आमाले बचायो
तेइस,चौबिस,भाद्र र फागुन एक्काइस
हातमा कापि र खल्तिमा कलम ली पाऔं सुशासन भनि ।
कान्तिपुर नगरि महाँ पुगिगए निर्दोष बालक पनि ।।
दम्भी शासकमा थिएन रतिभर माया भनेको त्यहाँ ।
शासनको मद,दम्भ प्रबल भयो तीँ रुप रहन्थे कहाँ ।।
मानव दानब भै सँहार गरियो बालक अनाहक मरे ।
अपराधी यहीँछन् तीं बालकहरू संसार सागर तरे ।।
आमाको कोख रित्तियो मुलुकमा सिन्दुर कति पुछियो ।
कोमल बालक जेन्जी का रगतमा माटो कति मुछियो ।।
चौविस भाद्र महाँ त आक्रोस बढ्यो जनता सडकमा गए ।
को सक्थ्यो भीड रोक्न यो मुलुकमा शासक विफल भैगए ।।
लुके दम्भीहरु टिकेन क्षणभर भो रास्ट्र को दुर्गति ।
एक्लै मात्र रहे बडा जतनले राम चन्द्र रास्ट्रै पति ।।
प्यारो रास्ट्र निरीह नै हुन गयो शासक बिनाको कठै!
पुर्खाको फूलबारी यो हुन गयो माली बिनाको कठै ।।
त्यै बेला प्रकट भइन मुलुकमा आमा शुशिला यहाँ ।
आमाकै कृपा भइ बचिगयो यो रास्ट्र डुब्थ्यो कहाँ ।।
बाच्यौँ हामी बचिन पवित्र जननी फेर होस् गर्नु अब ।
एक्किस फागुनमा निसाफ हुनगो एकजुट हौँ लौ सब ।।
उँचो शीर झुकेन यो मुलुकमा नेपाली स्वाधीनता ।
सपना मा सुख छैन यो बुझिलिनु दास हो पराधीनता ।।
ठूलावीर पराक्रमी मुलुकमा पुर्खा यहीँ जन्मिए ।
राजर्षि मिथेलेशको तपभूमी गौतम यहीँ जन्मिए ।।
यो माइति घर हो जगतकी जननी सीता यहीँ जन्मिइन् ।
साक्षात इश्वर राम का सँग महाँ लक्ष्मी बनि अन्मिइन ।।
साक्षात इश्चर नीलकण्ठ भगवान सारा पशुका पति ।
गर्छन् रक्षण रास्ट्र को हर घडी तीँ पार्वती का पती ।।
प्यारा बालक जेन्जीका रगतको आदार गरौँ हर घरी ।
आत्मा त्यो परलोकमा सुखी रहोस गर्छौं पुकार यो घरी ।।
एउटा दु:ख भने भने अवस्य हुनगो लोकतन्त्र बादीहरु ।
धेरै हार्न गए यसै मुलुकमा त्यसको बयान क्या गरु ।।
रेवाधर जोशी
सेवा निवृत्त शिक्षक- श्री हुनैनाथ माध्यमिक विद्यालय, लेकम-२, रातामाटा, दार्चुला







