बेहोस भएका मतदान अधिकृतको मृत्यु

सांकेतिक तस्बिर

सर्लाही। सर्लाही मा बेहोस भएका मतदान अधिकृत रघुनाथ महतोको मृत्यु भएको छ। मंगलबार बिहान अचानक बेहोस भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। दिउँसो करिब २ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

महतो सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका थिए। उनी रौतहट को माधवनारायण नगरपालिका–६ निवासी तथा सिनियर अहेब रहेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्