धनगढीमा झडप नियन्त्रणका क्रममा इन्स्पेक्टर र असई घाईते, सेती अस्पतालमा उपचार हुदैँ

कैलाली। धनगढी उपमहानगरपालिका–१३ मा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरी कर्मचारी घाइते भएका छन्।

मंगलबार साँझ भएको घटनामा घाइते इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउदको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको जनाएको छ।

नेपाल प्रहरी का अनुसार दुई समूहबीच आपसी विवाद चर्किँदा झडप भएको हो। घटनामा संलग्न १२ जनालाई पक्राउ गरिएको छ भने केही अन्य व्यक्ति पनि घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल को संयुक्त टोली परिचालन गरिएको थियो। झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको एउटा सवारी साधनमा समेत सामान्य क्षति पुगेको छ।

हाल घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमाण्डमा विशेष प्रहरी टोली खटाइएको छ। झडपको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्