मतदानका दिन मौसम मुख्यतया सफा रहने

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले फागुन २१ गते हुने मतदानका दिन देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ। मङ्गलबार साँझ जारी बुलेटिनअनुसार तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेश का पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको जनाइएको छ। ती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र अन्य स्थानमा तुँवालो लागेको अवस्था छ। मङ्गलबार राति तराईका थोरै स्थानमा तुँवालो रहने तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार बिहान तराई क्षेत्रमा हुस्सु लाग्ने र पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्