तराई–मधेशमा आज होली पर्व धुमधामका साथ मनाइँदै

काठमाडौँ- रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। हिमाली र पहाडी क्षेत्रमा भोलिपल्ट मनाउने परम्पराअनुसार तराईमा आज फागु पर्व मनाउने गरिएको हो।

झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, रौतहट, पर्सा, रुपन्देही, दाङ, बाँके, कैलालीकञ्चनपुर लगायतका जिल्लामा होली विशेष उत्साहका साथ खेलिने गरिन्छ। तराई क्षेत्रमा आज सार्वजनिक बिदासमेत दिइएको छ।

सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले आत्मीयजनसँग सुरक्षित रूपमा होली खेल्न, कसैको इच्छाविपरीत रङ नदल्न, लोला नहान्न, छाला तथा आँखामा असर पर्ने रसायनिक रङ प्रयोग नगर्न, मादक पदार्थ सेवन नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्