रौतहट- रौतहट को चन्द्रपुर नगरपालिका–५ राजपेडामा सोमबार शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ। बिहान सडक छेउमा वस्तु देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट पुगेको टोलीले घटनास्थललाई सुरक्षित घेराबन्दीमा लिएको छ। त्यसपछि नेपाली सेना को नारायण दल गणबाट बम डिस्पोजल टोली परिचालन गरिएको छ। टोलीले शंकास्पद वस्तुको जाँच तथा निस्क्रिय पार्ने तयारी गरिरहेको जनाएको छ।
यसअघि सोमबार नै रौतहटकै राजपुर नगरपालिका–६ मा फेला परेको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको थियो। सेनाका अनुसार नारायण दल गुल्मले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा एक–एक वटा बम डिस्पोजल टोली र गौर–चन्द्रपुर सडक खण्डका लागि छुट्टै एक टोली परिचालन गरेको छ।







