सुपर एटमा वेस्ट इन्डिज पराजित, भारत सेमिफाइनलमा

काठमाडौँ। आईसीसी टी–२० विश्वकपको ‘सुपर एट’ चरणमा भारत राष्ट्रिय क्रिकेट टोली ले वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली लाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

वेस्ट इन्डिजले दिएको १ सय ९६ रनको लक्ष्य भारतले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। भारतका सञ्जु स्यामसनले अविजित ९७ रनको उत्कृष्ट पारी खेले। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो। रोस्टन चेसले सर्वाधिक ४० रन जोडे।

यसैबीच, अर्को खेलमा दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली ले जिम्बाब्वे राष्ट्रिय क्रिकेट टोली लाई ५ विकेटले हरायो।

यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ। समूह १ बाट दक्षिण अफ्रिका र भारत तथा समूह २ बाट इङ्ग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीन्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली अन्तिम चारमा पुगेका छन्। पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड तथा दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल फागुन २४ गते आइतवार हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्