काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार फागुन २०, २१ र २२ गते बिदा दिन सरकारसमक्ष प्रस्ताव गरिएको हो।
बिदाबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। यसपालि फागुन १८ गते पहाडी जिल्लामा र १९ गते तराई क्षेत्रमा होली पर्व परेको छ। साथै फागुन २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक बिदा रहेको छ। यस्तो अवस्थामा २०, २१ र २२ गते पनि बिदा दिइए चुनावका लागि झन्डै एक सातासम्म सार्वजनिक बिदा हुने देखिन्छ।
प्रतिनिधिसभा चुनावको मतदान फागुन २१ गते हुने तय भएको छ।








