काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिए राजीनामा, उपमेयर डंगोल कार्यवाहक मेयर

काठमाडौं । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिनुभएको छ। मेयर शाहले आजैदेखि लागू हुने गरी उप–प्रमुख सुनिता डंगोलसमक्ष राजीनामा पत्र पेश गर्नुभएको हो।

राजीनामा पत्रमा शाहले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाअनुसार नगर प्रमुख पदबाट अलग हुने निर्णय गरेको उल्लेख गर्नुभएको छ।

नगर प्रमुखका रूपमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितका लागि सकेसम्म इमान्दारीपूर्वक काम गर्ने प्रयास गरेको उल्लेख गर्दै उहाँले अबका दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना व्यक्त गर्नुभएको छ।

मेयर बालेन शाहको राजीनामासँगै उपमेयर सुनिता डंगोल स्वतः काठमाडौँ महानगरपालिकाको कार्यवाहक मेयर बन्नुभएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्