नेपाल बैंक र पाटन हेल्थ ल्याब प्रालिबीच स्वास्थ्य सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौं– नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रा.लि. बीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई स्वास्थ्य सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

ललितपुर–थसिखेलमा अवस्थित पाटन हेल्थ ल्याब प्रा.लि. मा उपचार तथा परीक्षण सेवाहरू उपयोग गर्दा नेपाल बैंकका कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने सहमति बनेको हो। साथै, प्याथोलोजी सेवाका लागि निःशुल्क होम डेलिभरी सुविधा पनि उपलब्ध हुनेछ।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख श्री निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लि. का प्रबन्ध निर्देशक श्री सरिता खड्काले हस्ताक्षर गर्नुभयो।

यस सम्झौताले नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरूलाई पाटन हेल्थ ल्याब प्रा.लि. बाट सहज, सुलभ र छुटसहितको स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने बैंकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्