काठमाडौं । नेपाल राष्ट्र बैंकले भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण र आपूर्ति प्रणालीलाई सहज बनाउनका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न अनुरोध गरेको हो ।
त्यसैगरी, राष्ट्र बैंकले आज (शनिवार) ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (RTGS) प्रणाली पनि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने जनाएको छ ।






