कर्णाली नदीमा हाम फालेर हुम्लामा दुई जना युवायुवती बेपत्ता

File Photo

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ मा दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शकर पोखरेलका अनुसार शनिबार बिहान सरिसल्ला भन्ने ठाउँबाट २८/२९ वर्षीय हंश बुढा (भद्विबिरे बुढाका छोरा) र १९/२० वर्षीया कर्मा बोहोरा (हर्क बोहोराकी छोरी) ले कर्णाली नदीमा हाम फालेका हुन् ।

हंश विवाहित र कर्मा अविवाहित रहेको प्रहरीले जनाएको छ । सो घटनाबारे स्थानीय शैलेन्द्र शाहीले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी मेल्छामबाट टोली खटिएको डीएसपी पोखरेलले बताए ।

हाल दुवै जनाको खोजी कार्य जारी छ र आफन्तलाई समेत खबर गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्