राष्ट्रिय अनुसन्धान विभागले माग्यो कर्मचारी, कसरी आवेदन दिने (सूचनासहित)

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागले ९० जना जनशक्ति माग गरेको छ । विभागले शुक्रवार सूचना जारी गरेर नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना माग भएको छ । तोकिएको योग्यता पूरा भएका उम्मेदवारले असोज १२ गते भित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर असोज १९ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्