सुशील सुवेदी
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षिय सुत्केरी महिलामा कोरोनाबाट मृत्यु भएपछि थप सङ्क्रमरण फैलिन नदिनका लागि बागमती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलाल सहितको विज्ञ संलग्न टोली आज बाह्रविसे जान लागेको मन्त्रालयले जनाएको छ ।
टोलीले मृतकसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परीक्षण गर्ने जनाएको छ ।
दिन प्रतिदिन बढिरहेको कोरना भाइरसको रोकथाम नियन्त्रण र थप सङ्क्रमरण फैलिन नदिनको लागि बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री दुलाल मन्त्रालयको विज्ञ संलग्न -यापिड रेस्पोन्स टोलीको अझै प्रभावकारी सक्रियताले कोरोनाबाट हुने जोखिमलाई कम गर्न सकिने मन्त्रालयको स्वास्थ्य टोलीले जनाएको छ ।