“मलाई आमा हुनुमा गर्व छ”

यशोदा रिमाल 
मलाई आमा हुनुमा गर्व छ
 यो समाज आजको हाम्रो परिवेशमा
कुनै पनि आमा नडराई
छोरिकै चिन्ता  बिना
ढुक्क संग  खुलेर जिउन सकुन
जस्तो लाग्छ लाग्नु र हुनुमा धेरै  फरक छ
हिजो जस्तो लाग्छ, हस्पिटलको बेडमा लडिरहदा
 तिम्रो स्पर्शले मन मन रहेन कि
माया लागेन भनु कि दिमाख शुन्य भईदियो
आज त्यो क्षणले आँखा पुरै रसाउछ,
तिमी दिन प्रतिदिन ठुलि हुदै गर्दा
म आफू पनि  दङ्ग छु
तिमी प्रतिको यो माया मोह देख्दा
तिम्रा साना साना गतिविधिमा अल्झिएर बसिरहदा
मलाई समय बितेको थाहै हुदैन्
तिमी लड्छौ, पल्टन्छौ फेरि आफै उठ्छौ
नयाँ केही देखे, नियाली खुबै हेर्छौ
अनेकौं प्रश्नले मलाई सताईरहन्छौ
नखरा पार्रदै अताईदिन्छौ
 म मेरो सासै गुमाए झै मान्छु,
 कहिलेकाहीँ ठुलो मान्छे जस्तै माया र ब्यबहार गर्छौे
छिनमै  ज्ञानी बन्छौ त
कहिले जिद्दी बच्चा ,
अचम्म लाग्छ मलाई,
 तिम्रा यी साना आँखामा
आफ्नो सिङ्गो संसार देख्दा
यी साना ओठमा सजिएको मुस्कानमा हराई रहदा ,
दङ्ग छु ,
ठुलो भए पछि मानिस कति खुसि होला र
तिम्रा यी साना मुठ्ठीमा यति धेरै खुशी अटेको देख्दा
तिम्रा यी साना खुट्टाहरुले उभिन गरेका सङ्घर्ष हेरि
आफूले सङ्घर्ष गर्न  बिर्संदै लाग्दा झसङ्ग हुन्छु म ,
हुन त म आमा हु
हर बखत झर्किरहुन पर्ने
मन चस्किरहने,
 यो बालापन साच्चै रमाइलो छ
न त कहिल्यै फर्केर आउँछ
न त आफू बालख बन्न सकिन्छ ,
तिमीलाई पाएर
म म भएको छु
तिमी संग म रमाइरहेको छु
तिमी संगै म पुर्न  हुर्केको छु ।।
 जन्मदिनको शुभकामना छोरि

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्