१४ वर्षमुनिको डाना कप फुटबलमा नेपाली टोलीको ऐतिहासिक उपाधि जित

काठमाडौँ – डेनमार्कमा सम्पन्न १४ वर्षमुनिको डाना कप फुटबल प्रतियोगिताको उपाधि नेपाली टोलीले हात पारेको छ। गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपाल संयुक्त रूपमा बनाएर पठाइएको नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचालेको हो।

हिजो सम्पन्न फाइनल खेलमा नेपाली टोलीले केन्याको टोलीलाई ३–० ले पराजित गर्दै उपाधि सुनिश्चित गर्‍यो। फाइनल खेलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गर्दै टोलीलाई जित दिलाए।

यसअघि सेमिफाइनलमा नेपाली टोलीले यूएईको आईएफए स्पोर्ट्सलाई पनि ३–० को नतिजामा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। यो सफलता नेपाली उमेर समूहको फुटबलको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा देखिएको एक उल्लेखनीय उपलब्धि मानिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्