काठमाडौँ – देशभर अहिले मनसुनी वायुको प्रभाव कमजोर रहँदै आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ, जसले गर्दा वर्षाको गतिविधि सिमित बनेको हो।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा भने हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार आज राति पनि मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हावाहुरी चल्ने सम्भावना कायमै रहेको छ।
यसअघि गएराति सिन्धुपाल्चोक, मकवानपुर र डोटी जिल्लामा भारी वर्षा भएको थियो।






