जगदीश चन्द्र मिश्र
बैंक एक बित्तिय संस्था हो । जहाँ मान्छेहरु ले आफ्नो नगद सम्पत्ति अथवा धनराशी जम्मा गर्ने गर्दछन र सोही बचत बाट आवश्यक पर्ने व्यक्तीहरु वा संस्थाहरुलाई आवश्यकता अनुसार प्रक्रिया पुरा गरी कर्जा प्रदान गर्ने कार्य गर्दछ । त्यसैले भएका हरुबाट पैसा बचत गरी आवश्यक पर्ने लाई प्रदान गर्ने प्रकृया लाई पनि बैंक भन्ने गरिन्छ ।
बिशेष गरी मुद्रा को कारोबार र अर्काको धनराशी / सम्पत्ति को कारोबार गर्ने भएकोले Operation risk उच्च रहन्छ ।
आर्थिक संकट लाई मुक्ती दिलाउन उध्योग धन्दा र व्यापारको विकास गर्न, आर्थिक विकास गर्न, धनको सुरक्षण गर्न, कोषको स्थान्तरण गर्न, रोजगरी सिर्जना गर्न, बचत गर्ने बानीको बिकास गर्न, आर्थिक सन्तुलन कायम गर्न, बिदेशी मुद्राको विनमन एवम नियन्त्रण गर्न , मुद्राको व्यवस्थापन गर्न बैक तथा बित्तीय संस्थाको आवश्यकता भित्र पर्दछ । साथै बैंकले निक्षेप स्वीकार गर्ने, कर्जा प्रदान गर्ने, बिदेशी मुद्राको कारोबार गर्ने, लकर प्रणाली, बैंक जमानत, अभिकर्ता, बित्तीय परमर्श लगायत अन्य बिभिन्न डिजिटल करोबार गर्ने कार्यहरु गर्ने गर्दछन ।
उदाउँदो नयाँ प्रबिधीले बैंक तथा बित्तीय संस्थाहरुको कारोबारमा सहजता भएपनी सन्चालन जोखिम भने बढ्दै गएको र सन्चालन जोखिम लाई उच्च सतर्कता मा समेत राख्न थालिएको छ । यती मात्रा नभएर Besal II मा समेत Credit Risk भन्दा Operation Risk लाई बढी जोखिम को रुप मा व्याख्या गरिएको छ ।
सन्चालन जोखिम (Operation Risk) मानवीय गल्ती, बित्तीय जालसाझी र प्राकृतिक प्रकोपका कारण हुने गर्दछन । हाल प्राबिधिक त्रुटी, कर्मचारी को लापवाही, कर्मचारीहरु को ज्ञान र नियतबस जालसाझी को करण जोखिम बढेको देखिन्छ ।
एस्ता किसिमका जोखिम्म नियन्त्रण गर्न आन्तरिक रुपमा व्यवस्थापकहरु लागि परेको देखिन्छ । Operational Risk नियन्त्रणका लागि बैंकहरुले आन्तरकिक नियन्त्रण प्रणाली तथा आन्तरिक लेखा परीक्षण लाई प्राथमिकतामा राखेका छन । Operational Risk नगद कारोबार मा मात्रा नभइ कार्जा जोखिम र बजार जोखिम सँग पनि सम्बन्ध जोडीए को हुन्छ । अहिले अवलम्बन निती तथा आन्तरिक प्रयासले मात्र अबको सञ्चालन जोखिम नियन्त्रण गर्न चुनौतीपूर्ण छ । अबको सञ्चालन जोखिम नियन्त्रणको लागि नियन्त्रणको विधिलाई एकरुपता ल्याउन र पब्लिकको धनराशी को सुरक्षा गर्न निम्न २ ओटा विषयको केन्द्रीय बैंक द्वारा नितिगत ब्यवस्था गर्न आवशयक छ ।
- नयाँ कर्मचारी भर्ना पूर्व लाइसेस्न्सको व्यवस्था गर्ने निति
- शैक्षिक योग्यताको निर्धारण एकरुपता को निति
१. नयाँ कर्मचारी भर्ना पूर्व लाइसेस्न्सको व्यवस्था गर्ने
ज्ञान सीपको बृद्धि विकास भयो भने धेरै किसिमको Operational Risk हरु न्युनीकरण हुन्छन भन्ने समान्य सिद्धान्त हो । विश्वमा होस् या नेपालमा बिभिन्न सम्बेदनशील क्षेत्रमा निश्चित शैक्षिक योग्यता प्राप्त गरेपनी सो क्षेत्रमा आबद्द हुन अनिवार्य लाइसेन्स को व्यवस्था गरेको हुन्छ । नेपालको हकमा स्वास्थ्य तर्फ काम गर्न निशित शैक्षिक योग्यता हासिल गरेपनी नेपाल मेडिकल काउन्सिल बाट लाइसेन्स प्राप्त गरेपछी मात्र सेवा प्रदान गर्न पाउने व्यवस्था छ । ईन्जिनियरिङ सेवा तर्फ नेपाल ईन्जिनियरिङ काउन्सिल बाट अनुमती प्राप्त गर्ने व्यवस्था छ भने शिक्षक/ शिक्षिका बन्न नेपाल शिक्षिक सेवा आयोग को कार्यालयबाट अनुमती प्राप्त गर्ने व्यवस्था छ ।
यसैगरी बैंक तथा बित्तीय संस्थाहरु पनि मुद्राको कारोबारको हिसाबले र अर्काको धनको सुरक्षाको मामला भएकोले बैंक तथा बित्तीय संस्थाहरुलाई सम्बेदनशिल मान्न सकिन्छ। हाल कर्मचारीहरुको नियतबस होस या ज्ञानको कमिले, गल्ती हरु भाईरहने र ठुलो धनराशीको जोखिम बढेको देखिन्छ भने एका तिरा कर्मचारी भर्नामा एकरुपता नभएकोले झनै अर्काको धनमा खेलवाड हुनसक्ने सम्भावना पनि रहन्छ । त्यसैले बैंक तथा बित्तीय संस्ठा प्रबेश गर्न पूर्व राष्ट्र बैंकले नीति तथा निर्देशिका निर्माण गरी कम्तिमा बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन र बिभिन्न निर्देशिकाहरु समेटिने गरि परीक्षा पद्धतिबाट परीक्षा लिएर अनुमति प्रदान गर्ने व्यवस्था गर्ने र अनि मात्र बैंक तथा बित्तीय संस्था प्रबेशको बाटो खुल्ने नीति निर्माण भयो भने Operation Risk घट्ने, बैंक performance सुधार आउने र पब्लिक को धनराशीको समेत उच्च सुरक्षा हुने देखिन्छ ।
एमबिबिएस अध्ययन गरेर सेवा प्रदान गर्न लाइसेन्स लिनै पर्ने ,
ईन्जिनियर अध्ययन गरेर सेवा प्रदान गर्न लाइसेन्स लिनै पर्ने ,
शिक्षा सन्काय अध्ययन गरेर सेवा प्रदान गर्न लाइसेन्स लिनै पर्ने ,
तर
व्यवस्थापन अध्ययन गरेर वा अध्ययन नगरी सेवा प्रदान गर्न लाइसेन्स लिन नपर्ने ?
व्यवस्थापन अध्ययन गरेर वा अध्ययन गरी सेवा प्रदान गर्न लाइसेन्स लिनै नपर्ने व्यवस्था ले सबै भन्दा Operation Risk निम्त्याएको महसुस हुन थालेको छ र एस्तो व्यवस्थाको अन्त्य गर्ने हो भने Operation Risk बाट केही सहज हुने देखिन्छ ।
२. शैक्षिक योग्यता को निर्धारणा र एकरुपता
बिभिन्न क्षेत्र, संस्थाहरुमा कर्मचारी बन्न निश्चित योग्यता को निर्धारणा गरेका हुन्छन । त्यसै गरी बैंक तथा बित्तीय संस्थाहरुमा पनि योग्यता को निर्धारणा गरेको पाईन्छ तर त्यो निर्धारित शैक्षिक योग्यता भने बैंकहरुले आ-आफ्नै तरिकाले व्याख्या गरेका छन । काम एउटै प्रकारको गर्ने, सेवा एउटै प्रकारको प्रदान गर्ने तर शैक्षिक योग्यताको भने फरक फरक व्याख्या र फरक नीतिले कर्मचारीहरुमा मनोबैज्ञानिक असर समेत पर्ने र शैक्षिक योग्यता को उचित मुल्याङ्कन नहुने हुँदा कर्मचारी हरु जागिर छोड्ने प्रचलन समेत वढेको छ ।
त्यसैले नेपालको हकमा नेपालको केन्द्रीय बैंक (राष्ट्र बैंक) ले शैक्षिक रुपमा एकरुपता आउने गरी नीति निर्माण गर्न आवश्यक छ र गर्यो भने अनावश्यक कर्मचारी भर्ती र Operational Risk समेत न्युनिकरण हुने देखिन्छ । साथै पब्लिककहरुको नगदको सुरक्षण दिने दायित्व पनि राष्ट्र बैंकको भएकोले यथासिघ्र यस्ता किसिमका नीति तथा निर्देशिकाहरु निर्माण गरी लागु गराउन आवश्यक देखिन्छ । कर्मचारीहरुको मनोबल उच्च हुने र कर्मचारी हरु लाई समानता को अनुभुती समेत हुने देखिन्छ । उक्त नीति तथा निर्देशिका निर्माण गर्दा सि.बि.एस(CBS) प्रयोग गर्ने कर्मचारीको हकमा कम्ती मा स्नातक (Bachelor) उत्तिण हुनु पर्ने व्यवस्था अवलम्बन गर्नु पर्दछ । साथै उक्त शैक्षिक योग्यता पुगाउन नसक्ने लाई गैर बैंकिङ क्षेत्रमा काम लगाउने र अवकास जान चाहने कर्मचारी लाई उचित अवकाशको योजना ल्याई हालको कर्मचारी कटौती गर्नुपर्ने अवस्थालाई पनि सहज हुने देखिन्छ ।
लेखक जगदीश चन्द्र मिश्र बैंकर हुन ।