अपिहिमाल गाउँपालिकाको ४० करोड बढीको बजेट सार्वजनिक

दार्चुला— दार्चुलाको अपिहिमाल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४० करोड ३ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएपछि गाउँसभाको २०औँ अधिवेशनमार्फत उपाध्यक्ष देवकी देवी बोहराले बजेट प्रस्तुत गर्नुभएको हो।

उपाध्यक्ष बोहराका अनुसार प्रस्तुत बजेटमा संघीय समानीकरण अनुदानतर्फ ९ करोड ६ लाख रुपैयाँ, प्रदेश समानीकरण अनुदानतर्फ ७२ लाख १८ हजार रुपैयाँ रहेको छ। त्यस्तै, प्रदेशबाट राजस्व बाँडफाँट अन्तर्गत २२ लाख ९४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने आन्तरिक राजस्वतर्फ २३ लाख २८ हजार रुपैयाँ सङ्कलन गरिने लक्ष्य राखिएको छ।

संघीय सशर्त अनुदानतर्फ १० करोड ८५ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ३ करोड ६५ लाख रुपैयाँ र अघिल्लो वर्षको मौज्दात ६० लाख रुपैयाँ रहेको उल्लेख छ।

संघ, प्रदेश र आन्तरिक स्रोतहरू मिलाएर गाउँपालिकाले आगामी वर्षका लागि ४० करोड ३ लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्