काठमाडौं – दरबारमार्गस्थित ‘टाइम्स स्क्वायर मल’मा सञ्चालित कासा लाउन्ज एण्ड बारले आगामी असार ७ गते (जुन २१) भव्य रुपमा सातौँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ।
सात वर्षअघि स्थापना भएको कासाले यो अविस्मरणीय यात्राको अवसरमा आफ्ना ग्राहकहरूमाझ प्रख्यात गायक सविन राई र द फारोको आकर्षक लाइभ म्युजिक प्रस्तुति सहित विशेष संगीतमय रातको आयोजना गर्न लागेको हो। ‘७ वर्षको अविस्मरणीय रात मनाउँदैछौं, र तपाईंलाई अहिलेसम्मकै सबैभन्दा ठूलो सांगितिक रातमा आमन्त्रित गर्दछौं’, आयोजकले सामाजिक सञ्जालमार्फत सार्वजनिक निमन्त्रणामा उल्लेख गरेका छन्।
कासाका संस्थापक रामप्यारा श्रेष्ठका अनुसार सो रात उत्कृष्ट सेवा, स्वादिष्ट खाना र पेय पदार्थका साथै लाइभ संगीतको समिश्रणमा सहभागीहरूले सधैँ सम्झिरहन सकिने साँगीतिक अनुभव प्राप्त गर्नेछन्। वार्षिकोत्सवकै अवसर पारेर ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था समेत गरिएको कासाले जानकारी दिएको छ। कासाले विगतमा पनि विभिन्न पर्व तथा विशेष अवसरहरूमा ग्राहक लक्षित कार्यक्रमहरू आयोजना गर्दै आएको छ। काठमाडौंका लाउन्जहरूमध्ये कासा लाउन्ज ग्राहकको विशेष रोजाइमा पर्ने लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
सातौँ वार्षिकोत्सवलाई झनै विशेष बनाउँदै, कासाले यो साँझ राजधानीका संगीत प्रेमीहरूका लागि एक अविस्मरणीय क्षण हुने विश्वास लिएको छ।